इँटा बनाउनका लागि खनिएको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु

सर्लाही, २२ माघ । सर्लाहीमा इँटा बनाउनका लागि खनिएको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको बरथहवा नगरपालिका–१५ स्थायी घर भई विदुर नगरपालिका–६ बस्ने रतन महराकी ४ वर्षीया छोरी कृतिको शनिबार खाल्डोमा डुबेर ज्यान गएको हो ।
विदुर नगरपालिका–६ बुनीबेसीस्थित जालपाभैरवी इँटा उद्योगको इँटा बनाउन खनिएको खाल्डोमा परेर बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ । उनका बुवा रतन सोही इँटा उद्योगमा कार्यरत थिए ।
खाल्डोमा जमेको पानीमा डुबेकी बालिकाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


