बाँके, २२ माघ । बाँके प्रहरीले १२ ग्राम ब्राउन सुगरसहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका–४ बस्ने २५ वर्षीया दुर्गा शर्मा रहेको प्रहरीले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१ शिव मन्दिरस्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा शर्मालाई पक्राउ गरेको हो ।

प्रहरीले शर्माले लुकाई छिपाई राखेको १२ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरी उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।