कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक २७ गते बस्ने

काठमाडौं, २२ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक माघ २७ गते बस्ने भएको छ ।
कांग्रेसले हालै मात्र ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो, जसको पहिलो बैठक २७ गते बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेक्षुक संस्थाहरु र बाँकी जिल्ला अधिवेशनबारे छलफल हुने बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


