तनहुँ, २२ माघ । तनहुँको दमौलीस्थित मादी नदीको पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ ।

तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी पुलबाट शनिबार दिँउसो हाम फाल्दा महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुने महिलाको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।