काठमाडौं, २२ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७१४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ५१३ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १०३ र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ भने ४ हजार ७७१ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ५२ हजार ७८० जना संक्रिय संक्रमित छन् । जसमध्ये ५१ हजार ४३४ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने १ हजार ३४६ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोनाका बिरामीमध्ये २५१ जनाको आईसीयू र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।