कृष्णनगरका प्रमुख शाह नेपाली कांग्रेसमा प्रवेश

बुटवल, २२ माघ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नगरप्रमख शाहसहित कृष्णनगरका तीनजना वडाध्यक्षहरु समेत कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं. ३ का कांग्रेस सांसद अभिषेक प्रताप शाहले पार्टीमा स्वागत गरेका छन् ।
शाहसहित एक हजार जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


