निर्वाचन आयोगद्वारा मतपत्र डिजाइनका लागि दरखास्त आह्वान

काठमाडौं, २२ माघ । निर्वाचन आयोगले मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ ।
आगामी जेठ ४ गते प्रस्तावित स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै आयोगले मतपत्र डिजाइनका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।
आयोगले एक सार्वजनिक सूचना प्रकाशित गर्दै मतपत्र, लोगो, निर्वाचन चिन्ह् तथा निर्वाचन शिक्षा एव्म सूचना सामग्री डिजाइनका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले निर्वाचनको समयमा तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन सक्ने उल्लेख छ ।
आवेदन आयोगको कार्यालय वा आयोगको इमेलमा दर्ता गर्न सकिने भनिएको छ ।
निवेदनको ढाँचा आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखा वा आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिने बताएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


