जनकपुरधाम, २२ माघ । मधेस प्रदेशको तीन जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन हुन लागेको छ ।

प्रदेश कमिटीको बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशनको मिति तय गरेको हो । जसअनुसार सर्लाहीमा फागुन ७ र ८ गते, धनुषामा ९ र १० तथा महोत्तरीमा फागुन ११ र १२ गतेका लागि तय गरिएको हो ।

प्रदेश इन्चार्ज रघुवीर महासेठले स्थानीय निर्वाचनसमेत नजिकै आइसकेकाले प्रदेश अधिवेशनभन्दा अघि जिल्ला अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्नैपर्ने चुनौती रहेको बताए ।

प्रदेशका कतिपय जिल्लामा एक पक्षले अधिवेशन सम्पन्न भइसकेको बताउँदै आएको छ भने अर्को पक्षले विरोध गर्दै आएको छ ।

कोरानाको कारण देखाउँदै पूर्वनिर्धारित मितिमा अधिवेशन हुन सकेको थिएन ।