नारायणी उपक्षेत्रिय अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

पर्सा, २२ माघ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर–१ का ७० वर्षीय पुरुष रहेका छन् ।
अस्पतालका कोभिड संयोजक डा.उदयनारायण सिंहले शनिबार बिहान उपचारको क्रममा उनको मृत्यु भएको बताए । शुक्रबार अस्पतालमा भर्ना भएका ती पुरुषको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
कोरोना संक्रमणबाट मृत्यु भएका सो पुरुष पहिलेदेखि मुटुका बिरामी थिए । उनले कोरोनाविरुद्धको भेरोसेल खोपको दुबै मात्रा लगाएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


