मधेस प्रदेश सरकारको आर्थिक तथा औद्योगिक सल्लाहकारमा कयाल नियुक्त

जनकपुरधाम, २१ माघ । मधेस प्रदेश सरकारले आर्थिक तथा औद्योगिक सल्लाहकार नियुक्त गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको माघ २० गतेको निर्णयअनुसार वीरगञ्जका सत्य नारायण कयाललाई आर्थिक तथा औद्योगिक सल्लाहकार नियुक्त गरेको हो ।
प्रदेश सरकारको औद्योगिक विकास तथा विभिन्न आर्थिक नीति र योजना तर्जुमामा सल्लाह तथा सुझाव दिने उद्देश्यले आर्थिक तथा औद्योगिक सल्लाहकार नियुक्त गरिएको मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव जितेन्द्र यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


