कोरोनाविरुद्धको खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति

काठमाडौं, २१ माघ । नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप अभाव नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता कौशल मिश्रले नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था गरिएको बताएकी हुन् ।
उनले खोपको अभाव हुन नदिन प्रदेशस्तरमै भण्डार केन्द्रको व्यवस्था भएको र हुँदै गएको बताइन् ।
त्यसैगरी सो खोप लगाउने काममा पनि कोही नागरिक नछुटून भनेर सरकारले नागरिकतालगायतका डकुमेन्ट नहुँदा पनि खोप लगाउन पाउने व्यवस्था गरेको प्रवक्ता मिश्रले स्पष्ट पारिन् ।
मन्त्रालयले खोप लगाउने र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि सबै नागरिकलाई पटकपटक अपिल गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


