शुक्रबार २ हजार ५२६ नयाँ संक्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडौं, २१ माघ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५२६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ७३ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
६ हजार ६५५ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ६०२ र ४ हजार ४१८ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९२४ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने ८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर मृतकको संख्या ११ हजार ७९४ पुगेको छ ।
हाल देशभर ५६ हजार ४५७ संक्रिय संक्रमित छन् । ५५ हजार ९० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने १ हजार ३६७ जना संस्थागत आइसोलेसनमा छन् ।
उनीहरुमध्ये २४३ जनाको आईसीयू र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


