धरान, २१ माघ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरको गाइघाट–१२ बस्ने २८ वर्षीय युवक रहेका छन् ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले माघ १४ गते कोरोना संक्रमण पुष्टि भएका ती व्यक्तिले कोरोनाविरुद्धको एक डोज मात्र खोप लगाएको बताए ।

संक्रमण पुष्टि भएसँगै उनलाई उपचारका लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

बिहीबार साँझ उनको मृत्यु भएको हो ।