काठमाडौं, २१ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको पछिल्लो बैठकले उनलाई देउवाको प्रेस सल्लाहकारमा नियुक्त गरिएको हो ।

२०७४ सालमा देउवा प्रधानमन्त्री हुँदा पनि परियार प्रेस संयोजकको रूपमा काम गरेका थिए ।

गत असार २९ मा पाँचौं पटक प्रधानमन्त्री बनेका देउवाले प्रमुख स्वकीय सचिवमा भानु देउवालाई नियुक्त गरेका छन् ।