नेपालमा ओमिक्रोनको संक्रमण दर घट्दै

काठमाडौं, २१ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोनको संक्रमण दर घट्दै गएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले नेपालमा ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिएकी हुन् ।
उनले पहिले एक जना मान्छेमा भएको भाइरस ३ जनामा सर्ने गरेकोमा अहिले त्यो दर विस्तारै घटिरहेको स्पष्ट पारिन् ।
‘पहिल्लो डेटाको अनुसार नेपालमा अहिले इन्फेक्सनको दर घटेको देखिन्छ । भाइरसले संक्रमण गर्ने दर जुन पहिले थियो, जस्तो एउटा भाइरसले कुनै एउटा प्रदेशमा एउटा संक्रमित मान्छेले ३ जनालाई संक्रमित गर्थ्यो भने त्यो दर चाहिँ अब विस्तारै घटिराखेको छ,’ उनले भनिन् ।
प्रवक्ता मिश्रले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यमा पनि ओमिक्रोनको संक्रमण दर घटिरहेको र त्यसको प्रभाव नेपाल परेको तथ्य पनि स्मरण गराइन् ।
उनले स्वास्थ्य सतर्कता अपनाएकै कारण यसको संक्रमण दर घटेकाले यसको पालना गर्न पनि सबै नागरिकलाई पुनः सचेत गराइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


