राजविराज नगरपालिकास्थित एक वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

सप्तरी, २१ माघ । सप्तरीको राजविराज नगरपालिकास्थित एक वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।
राजविराज नगरपालिका वडा नम्बर–१६ बोरियामा बिकास निर्माण कार्यमा अनियमितता भएको भन्दै आन्दोलन संघर्ष समितिले तालाबन्दी गरेको हो ।
वडाअध्यक्षले हरहिसाब सार्वजनिक नगरेको भन्दै गठित संघर्ष समितिको अगुवाइमा वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको संघर्ष समितिका अध्यक्ष राम लखन यादवले जानकारी दिए ।
वडाको विकास निर्माण कार्यमा व्यापक अनियमितता भएको तथा उपभोक्ता समितिमा वडाअध्यक्ष गुजाइ दासले आफ्नो नातागोताका व्यक्तिलाई राखेर उपभोक्ता समिति गठन गरेको आरोप लगाइएको छ ।
अध्यक्ष यादवका अनुसार वडामा भइरहेको बिकास निर्माण कार्य पारदर्शी हुनुपर्ने तथा बिकास निर्माण भएको आर्थिक अनियमितता बिरुद्ध संघर्ष समिति गठन गरि बिकास निर्माणका लागि वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दि गरिएको बताए ।
आफुहरुको जायज माग अविलम्ब सम्बोधन नभए अझै कडा आन्दोलन गर्ने समितिका युवा नेता उमेश कुमार यादवले बताए ।
यता वडा कार्यालयमा तालाबन्दी हुदा सो वडाका हजारौं सेवाग्राहीहरुको काम प्रभावित भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


