काठमाडौं, २१ माघ । डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीले लोकमार्ग केन्द्रित कार्यक्रम स्थगित गरेको छ ।

गएरातिदेखि वर्षा र असिनाका कारण मौसम प्रतिकूल भएकाले कसैलाई बाटोमा बिचल्ली नहोस् भन्ने उद्देश्यले पूर्वघोषित लोकमार्ग केन्द्रित कार्यक्रम स्थगित गरिएको जनमत पार्टीले विज्ञप्ति जारी गर्दै जनाएको हो ।

एक हप्तासम्म मौसम प्रतिकूल रहेन पूर्वानुमान रहेकाले जनमत पार्टीले राजमार्ग केन्द्रित कार्यक्रमको सट्टामा गाउँपालिका, नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने भएको छ ।

मौसममा सुधार आएपछि आन्दोलनका कार्यतालिका सार्वजनिक गर्ने पनि पार्टीका महासचिव चन्दन सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जनमत पार्टीले किसानका माग सम्बोधन नभएको भन्दै पूर्व–पश्चिम राजमार्ग केन्द्रित प्रदर्शन गर्दै आएको थियो ।