जनकपुरधाम, २१ माघ । हावाहुरीका कारण रूख ढल्दा धनुषामा दुई विद्यार्थी र रौतहटमा एक महिलाको मृत्यु भएको छ ।

धनुषाको सबैला नगरपालिका–१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख ढल्दा सोही ठाउँ बस्ने महेन्द्र सदाकी ८ वर्षीया छोरी प्रतिमा कुमारी सदा र चन्देश्वर सदाका ७ वर्षीय छोरा अरवीन्द सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

उनले हावाहुरीका कारण अचानक विद्यालय प्राङ्गणमा रहेको मसालाको रुख ढल्दा दुबै जनाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

उता रौतहटको बौधीमाई नगरपालिका–१ मा हावाहुरीका कारण घर ढल्दा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय ४५ वर्षीया फुलमतीया देवी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।