काठमाडौं, २० माघ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले स्थानीय तह निर्वाचनको मिति चाँडै तोक्नुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल नेतृत्वको टोलीले आज बिहान निर्वाचन आयोगबाट मार्चपाससहित प्रधानमन्त्री कार्यालय कन्ट्रोलका उपसचिव जनकराज भट्टमार्फत प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

अनेरास्ववियुले संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि मिति तोक्न माग गर्दै विभिन्न कार्यक्रम पनि गर्दै आएको छ ।