काठमाडौं, २० माघ । हातहतियार तथा खरखजनासम्बन्धी कसुर मुद्दामा सोलुखुम्बुबाट कांग्रेसका एकजना नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा थुलुङ दूधकोशी गाउँपालिका–७ का वडा सभापति मिलनकुमार राई रहेका छन् ।

काठमाडौं जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

उनका अनुसार राईमाथि हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कारबाही हुनेछ ।

यो कसुरमा अभियुक्तलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।