जनकपुरधाममा प्रधानमन्त्री देउवाको पुत्ला जलाइयो, प्रहरी र प्रदर्शनकारीबिच झडप
जनकपुरधाम, १९ माघ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि बिरुद्ध जनकपुरधाममा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।
नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुले बुधबार प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र निर्वाचनको मिति चाँडै घोषणा हुनुपर्ने मागसहित उनीहरुले टायर बालेर विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला समेत जलाएका छन् ।
स्थानीय शिवचोकमा गरिएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप समेत भएको थियो ।
सरकारले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्यवृद्धि गरेको छ ।


