बुधबार ३ हजार ६३७ नयाँ संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौं, १९ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जनामासंक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ भने ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर ६९ हजार २९१ जना सक्रिय संक्रमित रहेका छन् ।
देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७६४ पुगेको छ भने ८ लाख ७८ हजार ७२० जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ६७ हजार ८२५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४६६ जना संस्थागत आइसोलेसमा रहेका छन् ।
कोरोना संक्रमित मध्ये २७० जना आइसियू र ५२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

