युवा संघ नेपालको धनुषा जिल्ला अध्यक्षमा झा चयन

जनकपुरधाम, १९ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले युवा संघ नेपालको धनुषा जिल्ला अध्यक्षमा युवा नेता प्रशान्त झालाई चयन गरेको छ ।
लोसपाको भातृ संगठनको रुपमा रहेको युवा संघ नेपालको जिल्ला अध्यक्षमा झालाई मनोनित गरिएको हो ।
युवा नेता झालाई पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले मनोनित गरेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका–४ घर भएका झा युवाहरुमाझ चर्चित अनुहार रहेकोले उनलाई युवा संघको जिम्मेवारी दिइएको छ ।
उनी युवा संघको जिल्ला अध्यक्षमा मनोनित भएकोमा लोसपाका नेताहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।



