कोरोना संक्रमणबाट पर्सामा २२ वर्षीय एक युवकको मृत्यु

पर्सा, १९ माघ । कोरोना संक्रमणबाट पर्सामा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–३ बागदेवका २२ वर्षीय युवक रहेका छन् ।
नारायणी अस्पतालमा उपचाररत्त रहेका उनको मंगलबार अपराह्न साढे ४ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए ।
भेन्टिलेटरमा राखेर युवकको उपचार भइरहेको थियो ।

