काठमाडौं, १८ माघ । धरानमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको धरान नगरपालिका–८ का ५२ वर्षीय महिला रहेकी छन् ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सोमबार राति १० बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका अनुसार माघ १६ गते उनलाई कोरोना पुष्टि भएको थियो ।

मृतकमा उच्च रक्तचाप, मधुमेहह तथा लिभरसम्बन्धी समस्या थियो ।