स्थानीय तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने आयोगको अनुमान

काठमाडौं, १८ माघ । जेठ ४ गतेका लागि प्रस्ताव गरिएको स्थानीय तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने निर्वाचन आयोगले अनुमान गरेको छ ।
आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको भेटघाटमा निर्वाचनको मितिबारे परामर्श दिँदै अनुमानित खर्चबारे पनि जानकारी गराएको हो ।
यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा ८ अर्ब रुपैयाँ भन्दा बढी खर्च लागेको थियो । आयोगले अब हुने निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको हो ।
निर्वाचनमा खटिने जनशक्तिको तलब भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा २०७४ सालमा भन्दा ३० प्रतिशत बढी खर्च हुने आयोगको अनुमान छ ।
त्यस्तै २०७४ सालपछि २० लाख मतदाता थपिएकाले मतदानस्थल, मतदान केन्द्र, मतपत्र र मतदान सामग्रीको खर्च वृद्धि हुने पनि आयोगको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


