काठमाडौं, १८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् ।

मंगलबार बालुवाटारमा भएको छलफलमा ४ जेठमा स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल भएको हो ।

स्थानीय तहको निर्वाचन ४ जेठमा एकै चरणमा गर्ने विषयमा प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ ।

सत्तारूढ गठबन्धनले जेठभित्रै स्थानीय तह चुनाव गर्ने सहमति गरेको थियो । आयोगले पनि ५ जेठभित्रै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ ।

छलफलमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र आयोगका पदाधिकारी सहभागी थिए ।