बुधबार देशभर सार्वजनिक बिदा

काठमाडौं, १८ माघ । सरकारले बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोनाम ल्होसारको अवसरमा बुधवार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयले एक सूचना जारी गर्दै सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होसारको अवसरमा देशभरका सबै सरकारी, सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


