सप्तरी, १८ माघ । सप्तरीबाट विभिन्न मुद्दाका फरार ९ जना आरोपी पक्राउ परेका छन् ।

सप्तरी जिल्ला अदालतबाट बिभिन्न मुद्दाहरु फैसला भई फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्ने अभियान अन्तर्गत ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

जिल्ल अदालत सप्तरीले जनही ५ सय जरिवाना सजाय सुनाइएका सप्तरीको राजगढ गाउँपालिका–६ बस्ने राम किसुन खंग, शिव देव खँग, गर्भी खंग, राम सेवक खंग, हरी किसुन खंग र लोचन खंग रहेका छन् ।

त्यस्तै लुटपिट मुद्दामा २१ रुपैयाँ जरिवानाको सजाय सुनाइएका सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ बस्ने दयावती बिक, ५० रुपैयाँ सजाइ सुनाइएका स्थानीय बिरेन्द्र बिक र दुलारी देवी बिक रहेको डिएसपी काफ्लेले बताए ।

उनीहरुलाई जरिवाना तिराउन सप्तरी जिल्ला अदालतमा हाजिर गरिएको उनले जानकारी दिए ।