सर्लाही, १८ माघ । सर्लाहीमा मोटरसाइकल चोरी गर्ने तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–५ का २९ वर्षीय सुर्यदिप चौधरी, १९ वर्षीय रुपेश माझि मुसहर र वडा नम्बर–१५ का २९ वर्षीय सोम बहादुर रेग्मी रहेका छन् ।

प्रहरीले तीनैजनालाई मेजरगंजबाट र मोटरसाइकल सोम बहादुर रेग्मीको घरबाट बरामद गरेको छ ।

मोटरसाइकल चोरी भएको १० दिन पछि प्रहरीले तीनैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

माघ ७ गते राति करिब साढे १२ बजे सर्लाहीको लालबन्दी नगरपालिका–५ का ज्ञान बहादुर क्षेत्रीको घरको बराम्दामा पार्किङ गरेर राखिएको प्र २–०३–००१ प १०१९ नम्बरको मोटरसाइकल चोरी भएपछि प्रहरीमा निवेदन दिएका थिए ।

प्रहरीले मोटरसाइकल खोज्ने क्रममा उनीहरुलाई पक्राउ गरेका छन् ।