काठमाडौं, १७ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८२ हजार ६६८ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ७४३ पुगेको छ ।त्यस्तै, ८ लाख ६२ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर ७९ हजार २७२ जना सक्रिय संक्रमित रहेका छन् भने ७७ हजार ६६५ जना होम आइसोलेसनमा छन् । त्यस्तै, १ हजार ६०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये २८८ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् ।