खोपको विवरण उपलब्ध गराउन सार्वजनिक सूचना

काठमाडौं, १७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिहरूको विवरण उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ ।
२४ लाख मात्रा खोप हराएपछि मन्त्रालयले सूचना जारी गर्दै तथ्याङ्क डीएचआईस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न सूचना जारी गरेको हो ।
सूचनामा स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहहरूले माघ २१ गते शुक्रबार दिउँसो ३ बजेदेखि ४ बजेभित्र तथ्याङ्क उपलब्ध गराउन भनिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


