काठमाडौं, १७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएको भेटघाटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री देउवाले एमसीसी संसद्बाट पारित गराउन पहल थालेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा छन् । यसै विषयमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्शसमेत गरेका छन् ।