नेपालगञ्ज, १७ माघ । भेरी अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिम आठबीस नगरपालिका–६ बस्ने ६५ वर्षीय पुरुष रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिए ।

१५ माघमा भेरी अस्पतालमा पिसीआर गरिएका उनलाई १६ गते भर्ना गरिएको थियो । उनको सोमबार बिहान ३ बजे मृत्यु भएको हो । मृतकले कोरोनाविरुद्धको खोप लगाएका थिएनन् ।

योसँगै अन्य जिल्लाबाट बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ४४१ पुगेको छ ।