महोत्तरीमा विद्यार्थीका लागि ७४ हजार डोज मोडर्ना खोप ल्याइयो

महोत्तरी, १७ माघ । महोत्तरीका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीका लागि कोरोनाविरुद्धको ७४ हजार डोज मोडर्ना खोप आइपुगेको छ ।
१५ माघदेखि २० माघसम्म लक्षित उमेर समूहका लागि ७४ हजार ४२१ मोडर्ना खोप जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी आइपुगेको हो ।
खोप संख्या जिल्लाका विद्यार्थीलाई पर्याप्त भए पनि अभियान अन्योलमा परेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य प्रमुख भोला यादवले बताए । स्वास्थ्य कार्यालय महोत्तरीका लक्ष्मेश्वर झाका अनुसार खोप र स्वास्थ्य परिचालन गर्ने सम्बन्धमा जिल्लामा अहिलेसम्म तयारी भएको छैन ।
प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालसमेत कोरोना पोजिटिभ भएकोले खोप सम्बन्धमा तुरुन्त निर्णय लिन नसकिएको झाको भनाइ छ ।
स्वास्थ्य कार्यालयले बुस्टर डोजको समेत तयारी गरेको छ । सोमबारदेखि २१ माघसम्म बुस्टर डोजको व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बुस्टर डोज लगाउन पहिलो र दोस्रो खोप लगाएकाले ६ महिना कटेको हुनुपर्नेछ भने वृद्ध, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा फ्रण्टलाइनमा खटिने जुनसुकै उमेर समूहकाले खोप लगाउन सक्नेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


