सर्लाहीबाट लागूऔषधसहित एक महिला पक्राउ

सर्लाही, १७ माघ । सर्लाहीबाट लागूऔषधसहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–५ बस्ने ३० वर्षीया करिश्मा मोक्तान रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मलंगवा नगरपालिका वडा नम्बर–७ गणेशिया टोलस्थित सडक खण्डमा प्रदेश ०२–००१–ह १४०२ नम्बरको टेम्पुलाई शंका लागि चेकजाँच गर्दा २० किलो ९०० ग्राम लागूऔषधसहित उनलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले पक्राउ परेकी महिलामाथि थप अनुसन्धान भईरहेको जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


