प्रहरीको जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

जनकपुरधाम, १७ माघ । सर्लाहीमा प्रहरीको जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको बलरा नगरपालिका वडा नम्बर–७ गडहिया टोल बस्ने इजराईल मंसुरी उर्फ एमडि राजा रहेका छन् ।
स्थानीय अतिबुला मियाँको छोरालाई प्रहरी बिभागमा नोकरी लगाई दिन्छु भनी बिश्वास दिलाएर ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले मंसुरीलाई पक्राउ गरी ठगी तथा अपराधिक बिश्वासघात सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान थालेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


