लोकतन्त्र र गणतन्त्र बचाउन नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउनु पर्छ : नेता सिंह

जनकपुरधाम, १६ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता कृष्णा सिंहले लोकतन्त्र र गणतन्त्र बचाउन नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउनुपर्ने माग गरेका छन् ।
धर्मनिरपेक्षताका कारण लोकतन्त्र र गणतन्त्र खतरामा परेको भन्दै नेपाल पुनः हिन्दू राष्ट्र हुनुपर्ने नेता सिंहको माग छ ।
नेता सिंहले मुलुकमा राजतन्त्र आवश्य नरहेको बताउँदै लोकतन्त्र र गणतन्त्र बचाउन हिन्दू राष्ट्र घोषणा हुनैपर्ने जिकिर गरेका छन् ।
‘नेपाललाई हिन्दू राष्ट्र घोषणा गरेर धर्म, संस्कृति र परम्परा जोगाउनु आवश्यकता छ । हिन्दु राष्ट्रले लोकतन्त्र र गणतन्त्रलाई खतरा छैन । न कुनै अन्य धर्मलाई नोक्सानी छ,’उनले भने,‘अहिले हिन्दु राष्ट्र नभएकोले लोकतन्त्र र गणतन्त्र दुबै खतरामा छ । धर्मनिरपेक्षको माग कुनै जनताले गरेको थिएन न कुनै आन्दोलन,यो केही नेताहरूले लोकतन्त्रको नाममा गरेको घोषणा मात्रै हो ।’
नेता सिंहले देशमा द्वन्द सिर्जना गरेर आफ्नो घर परिवार पाल्ने केही मुठ्ठीभर नेताले यो देश राम्रो तरिकाले चलाउन नसकेको आरोप समेत लगाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


