आइतबार ३ हजार ५४० नयाँ संक्रमित थपिए, ३२ जनाको मृत्यु

काठमाडौं, १६ माघ । नेपालमा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ भने ३ हजार ५४० जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ रहेको छ ।
वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको छ । त्यस्तै माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका अनुसार १३ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ र २ हजार ८८३ एन्टीजेन परीक्षण गर्दा ४९१ ज्नामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


