शहीदको एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन् ।
आइतबार शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्तम्भमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सत्यतथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताए ।
उनले शहीदसम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको भन्दै यस विषयमा ठोस कार्य अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए ।
शहीदको योगदानलाई चिरस्थायी बनाउन सरकारले शहीदहरुको नाममा विभिन्न मार्गको नामाकरण गर्ने, पुस्तकालय स्थापना गर्ने, शहीदहरुको जीवनीसँग सम्बन्धित कुरा प्रकाशन गर्ने, युवा पुस्तालाई जागरुक बनाउने, शहीदका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने लगायतका काम गर्दै आएको प्रधानमन्त्री देउवाले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


