अवैध सम्बन्ध लुकाउन पर्सामा १० वर्षीया बालिकाको हत्या

पर्सा, १६ माघ । १० वर्षीया बालिकाको हत्या गरेको आरोपमा पर्साबाट एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ बस्ने ४० बर्षीय मोतोलाल प्रसाद कुर्मी रहेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका–१६ घर भई हाल वडा नम्बर–१५ भिष्वामा डेरा गरी बस्दै आएकी १० बर्षीय रिजवान महतोको हत्या गरेको आरोपमा कुर्मीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
बालिकाको शव गत पुस २४ गते वीरगञज महानगरपालिका–१६ मा रहेको कंचनजंगा स्कुल नजिकै निर्माणाधीन भवनको उत्तरपट्टि चेपमा टाउकोमा ढुङ्गा प्रहार भएको अवस्थामा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार घटनास्थलमा फेला परेका प्रमाण र पीडितको परिवारजनबाट प्राप्त किटानी जाहेरीको आधारमा कुर्मीले अवैध सम्बन्ध लुकाउन बालिकाको हत्या गरेको खुलेको हो ।
पक्राउ परेका कुर्मीमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


