प्रचण्ड र नेपाललाई कांग्रेससँग पार्टी एकता गर्न बस्नेतको सुझाव

चितवन, १४ माघ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिएका छन् ।
प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा कांग्रेस र कम्युनिष्ट दुईवटा दलको आवश्यकता रहेको भन्दै प्रचण्ड र नेपाललाई कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिएका हुन् ।
उनले पाँच दल मिल्दा पनि एमालेलाई चुनावमा जित्न नसक्ने भयले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको टिप्पणी गरे । स्थानीय तहको निर्वाचन सार्न संविधानको अपव्याख्या गर्ने काम स्वयं सरकारले गरिरहेको नेता बस्नेतले बताए ।
स्थानीय तहको निर्वाचन नगर्ने षड्यन्त्रका विरुद्ध एमाले आन्दोलनमा जाने नेता बस्नेतको भनाइ छ । उनले सरकार र त्यसको नेतृत्व सबैतिर असफल भएको आरोप लगाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


