पर्साबाट लागूऔषध गाँजासिहत चारजना पक्राउ

पर्सा, १४ माघ । पर्साबाट लागूऔषध गाँजासिहत चारजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको बहुदरमाइ नगरपालिका–९ विश्रामपुर बस्ने ६० वर्षीय गणेश साह कलवार, बहुदरमाइकै ३४ वर्षीय सन्तोष साह कलवार, सखुवाप्रसौनी गाउँपालिका–१ का ३५ वर्षीय सुरेश दास र भारत विहार मोतिहारीका ४२ वर्षीय दसाही दास रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले विशेष सूचनाको आधारमा उनीहरुलाई गणेश साह कलवारको घरबाट पक्राउ गरेको हो ।
प्रहरीले गणेश साह र सन्तोष साह कलवारबाट ७४÷७४ किलो तथा सुरेस दास र दसाही दासबाट ७÷७ केजी लागूऔषध गाँजा बरामद गरेको छ ।
पक्राउ परेकाहरुमाथि इलाका प्रहरी कार्यालय पोखरियाबाट लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


