काठमाडौं, १४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच आगामी तीन तहको निर्वाचनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

केही दिन अगाडि स्थानीय तह निर्वाचनलाई पछि सार्न कानुन संशोधन गर्नुपर्ने कानुन व्यवसायीहरूले सुझाव दिएको अवस्थामा तीन नेताको बैठक बसेको हो ।

सत्ता गठबन्धनले निर्वाचनलाई सार्न चाहेको छ ।

संविधानविदहरूले भने स्थानीय तह निर्वाचन सार्न नमिल्ने बताउँदै आएका छन् । निर्वाचन सार्न नहुने एमालेको पनि धारणा छ ।