महोत्तरीबाट १६० किलो गाजा बरामद

जनकपुरधाम, १४ माघ । सशस्त्र प्रहरीले महोत्तरीबाट १६० किलो लागुऔषध गाजा बरामद गरेको छ ।
महोत्तरीको महोत्तरी गाउँपालिका–४ रानीरतवाडास्थित गणेश चौधरीको कुखुरा फारम नजिक परालको थुप्रोमा लुकाइराखेको १६ पोका गाजा सशस्त्र प्रहरीले बरामद गरेको हो ।
१० किलोका दरले प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा १६० किलो गाजा बरामद गरिएको सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डीआईजी गणेश ठाडा मगरले जानकारी दिए ।
विशेष सूचनाका आधारमा छिन्नमस्ता बाहिनी र जलेश्वर बेस क्याम्पबाट खटेको संयुक्त टोलिले बिहीबार राति गाजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


