तेस्रो लहरमा महोत्तरीमा अहिलेसम्म १६६ जना संक्रमित

जनकपुरधाम, १४ माघ । कोरोना संक्रमणको तेस्रो लहरमा महोत्तरी जिल्लामा अहिलेसम्म १६६ जना संक्रमित भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
जिल्लामा स्वास्थ्यकर्मी तथा सर्वसाधारण संक्रमित भए पनि अहिलेसम्म ओमिक्रोन भने पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
तेस्रो लहरमा एक जनाको मृत्यु र १६६ जनामा संक्रमन देखिए पनि गम्भीर प्रकारका लक्षण र अस्पतालमा नै भर्ना हुनुपर्ने अवस्था नदेखिएको जिल्ला कोभिड फोकल पर्सन प्रतिभा सिंहले बताइन् ।
महोत्तरीमा दोस्रो लहरमा ८५ जनाले ज्यान गुमाएका थिए भने ३ हजार २७५ जना संक्रमित भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


