बिहीबार ८ हजार १७ नयाँ संक्रमित थपिए, १५ जनाको मृत्यु

काठमाडौं, १३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ ज्नामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ भने ५ हजार २९२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ । त्यस्तै, ८ लाख ३७ हजार ०४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ६४२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये २५७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


