काठमाडौं, १३ माघ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले बुधबार पिसीआर परीक्षण गराएका थिए । पिसीआर परीक्षण गर्दा उनमा संक्रमण देखिएको हो ।

मन्त्री बडूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी अब केही दिन आइसोलेसनमा बस्ने मन्त्रालयले जनाएको छ ।