राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइयो

काठमाडौं, १३ माघ । राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ ।
यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिए ।
लामो समयदेखि पटक पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक पनि माघ १६ गतेका लागि बोलाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


