धरानमा २ जना कोरोना संक्रमितको मृत्यु

सुनसरी, १३ माघ । सुनसरीको धरानमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान उपमहानगरपालिका–११ बस्ने ४५ वर्षीय र वडा नम्बर–१५ बस्ने ७२ वर्षीय पुरूष रहेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको जानकारी अनुसार ४५ वर्षीय पुरूषको बुधबार राती ८ बजेर ४० मिनेटमा र ७२ वर्षीय पुरूषको बिहीबार बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।
प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषलाई माघ ६ गते र ७२ वर्षीय पुरूषलाई माघ ९ गते कोरोना पुष्टि भएको थियो ।
मृतकमा दुवै जनामा दीर्घरोगी तथा लिभरसम्बन्धी समस्या रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


